नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा ज्ञामी बुमी विजयी भएका छन्।
दसौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा डबल रावतलाई ५ मतले पछि पार्दै बुमी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। विजयी बुमीले १ सय २४ मत पाए भने रावतले एक सय १९ मत ल्याए।
त्यसो त पदाधिकारीमा बुमीको प्यानलै विजयी भएको हो। जसअनुसार उपाध्यक्षमा १ सय ६२ मतका साथ प्रकाशबहादुर शाही निर्वाचित भएका छन् भने सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचित भएका छन्।
खुला उपसचिवमा प्रदीप लामा १ सय ३३ मत र महिला उपसचिवमा मञ्जु रावल १ सय ३४ मतका साथ निर्वाचित भएका छन्।
एमाले स्थायी समितिका सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल फडेरा गुटलाई केन्द्रीय सदस्य दल रावल पक्षधर प्यानलले पराजित गरेको हो।
दुवै पक्ष प्यानल नै घोषणा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। स अधिवेशनलाई हुम्लामा स्थानीय नेतृत्व चयनभन्दा पनि केन्द्रीय नेताहरूबीचको प्रभाव र लोकप्रियताको परीक्षाका रूपमा लिइएको थियो। त्यसमा केन्द्रीय सदस्य रावलले बाजी मारेका छन्। रावल खेमालाई अर्का केन्द्रीय सदस्य छक्कबहादुर लामाले पनि साथ दिएका थिए।
Shares
प्रतिक्रिया