कर्णाली प्रदेश सरकार नेतृत्वका विषयमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा माओवादीको छलफल जारी छ।
सरकारको नेतृत्व एमालेलाई दिने वा नदिने भन्ने विषयमा माओवादी केन्द्रको आन्तरिक छलफल भइरहेको हो।
यस्तै उक्त छलफलमा प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका नेता पनि सहभागी छन्।
नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले केन्द्रको निर्देशनअनुसार अगाडि बढ्न केही समय अघिदेखि छलफल भइरहेको जानकारी दिए।
उनले भने, ‘सत्ता गठबन्धनले गरेको प्रदेश भागबन्डाका आधारमा कर्णालीमा पनि मिलाउन मुख्यमन्त्री निवासमा आन्तरिक छलफल भइरहेको छ। अब आधा घण्टामा केही निष्कर्ष आउला।’
सोमबार मात्र केन्द्रीय सत्ता गठबन्धनका दलबीच कर्णाली सरकारमा मुख्यमन्त्री पद एमालेलाई दिने सहमति भएको छ। जहाँ अहिले माओवादीका शर्मा मुख्यमन्त्री छन्।
- कर्णाली सरकारको नेतृत्व हस्तान्तरणबारे एमाले र माओवादीबीच छलफल
- कर्णाली सरकारमा एमाले-माओवादीबीच किचलो बढ्दा ‘ढोक्सा’ थाप्ने दाउमा कांग्रेस
- कर्णाली प्रदेशः केन्द्रको निर्देशन मान्ने कि नमान्ने, निर्णय गर्न माओवादी संसदीय दलको बैठक बस्दै
- प्रचण्डको निर्देशन नमान्ने ‘मुड’मा कर्णालीका मुख्यमन्त्री शर्मा, आज विश्वासको मत लिने अडानमा
Shares
प्रतिक्रिया