कर्णाली


कर्णालीका मुख्यमन्त्री शर्माले चैत २० गते विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले चैत २० गते विश्वासको मत लिने

नेपालखबर
चैत १८, २०८० आइतबार १४:४५, सुर्खेत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्ववासको मत लिने भएका छन्। मंगलबार (चैत २० गते) मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएका हुन्।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा आइतबार पत्र पठाएका छन्।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री शर्माले २० गते मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र पठाएको जानकारी दिए।

उनले भने, ‘विश्वासको मत लिन भनेर मुख्यमन्त्रीज्यूले आज पत्र दर्ता गराउनुभएको छ। चैत २० गते  दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने गरि तयारी भएको छ।’

यसअघि राजनीतिक समीकरण फेरबदल हुँदा सरकारमा सहभागी नेपाली कांग्रेसले फागुन २२ गते कर्णालीमा माओवादीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले शर्माले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसद एक–एक जना रहेका छन्।

विश्वासको मतका लागि आज बिहान मुख्यमन्त्री शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच छलफल समेत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .