आफ्नै छोराको हत्या र छोरीको बलात्कार गरेको आरोपमा सुर्खेतका एक व्यक्तिलाई प्रहरीले बिहीबार बिहान कैलालीमा पक्राउ गरेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित आफ्नै घरनजिक गत मंगलबार राति २१ वर्षीय युवक हत्या गरिएको अवस्थामा फेला परेका थिए। त्यसयता फरार उनका बुवालाई
खोजीका क्रममा प्रहरी टोलीले बिहीबार बिहान साढे १० बजे कैलालीबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतले भन्यो, ‘छोराको हत्या गरेर कैलालीको टीकारपुरस्थित उनको साढुको घरमा लुकेर बसेका रहेछन्। त्यहाँबाट भारततर्फ भाग्ने क्रममा बिहान साढे १० बजे उनलाई पक्राउ गरिएको हो।’
स्थानीयका अनुसार बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकले आफ्नै बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय (सुर्खेत) मा गत कात्तिक १५ गते जाहेरी दिएका थिए। त्यही रिसमा उनले आफ्नै छोराको हत्या गरेको अनुमान गरिएको छ।
तर प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
यस्तो छ घटना
गत असोजमा नाम परिवर्तित पश्चिम सुर्खेतकी (१९ वर्षीया सुर्खेत ‘क’) का बाबु भारतबाट घर आए। मामा घरमा बस्ने गरेकी उनी आफ्ना बुवालाई भेट्न घर पुगिन्। तर त्यो रात बुवाले छोरीसँगको पवित्र नाता नै बिर्सिदिए। भेट्न बोलकाएका उनका बुवाले असोज २७ गते उनलाई जबर्जजस्ती करणी गरेको छोरीको आरोप छ।
पीडित किशोरीले घटना आफ्नी कान्छी आमालाई सुनाइन्। तर कान्छी आमाले यस्तो कुरा बाहिर भने बइज्जत हुने भनेर हप्काएपछि उनले आफ्ना दाइलाई सुनाइन्। यसपछि दाइले बहिनीलाई हर्कतबारे बुवालाई भन्दा उल्टै धम्की पाए।
यसपछि किशोरीका दाइले एक गैरसरकारी संस्थाको सहयोगमा कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुवाविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिए।
किशोरीले प्रहरीमा दर्ता गराएको जाहेरीमा भारतमा काम गर्ने आफ्ना बुवाले भेट्न बोलाएर जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ।
प्रहरीले कात्तिक १६ गते प्रदेश अस्पताल (सुर्खेत) मा किशोरीको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको बताएको छ।
ती किशोरीका बुवाले बहुविवाह गरेका छन्। उनीहरू दाजुभाइ जेठीपट्टिका हुन्। कान्छीबाट भने अहिलेसम्म कुनै पनि सन्तान नभएको स्थानीयले बताएका छन्।
Shares
प्रतिक्रिया