ad ad

कर्णाली


एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहको जित पक्का

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहको जित पक्का

नेपालखबर
असोज १५, २०८० सोमबार १९:५६, सुर्खेत

नेकपा एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहको जित पक्का भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित सिटीहलमा जारी मतगणनामा ५ सय मतगणना हुँदा शाहले ३ सय १० मत प्राप्त गरेका छन्। 

यहाँ जम्मा ६ सय ९ मत खसेको थियो। अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले भने १ सय ६४ मत प्राप्त गरेका छन्। 

अब १ सय ९ मत गणना हुन बाँकी छ। तर उनीहरूबीचको मतान्तर १ सय ४६ मतको रहेको छ। गणना हुन बाँकीभन्दा बढी मतले शाहले अग्रता लिएसँगै उनको जित पक्का भएको हो। 

उनीहरूबीचको मतान्तर १ सय ४६ मतको रहेको छ।

त्यस्तै, उपाध्यक्ष टेकराज पछाईले २ सय ८५ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार लालबहादुर महताराले १ सय ४३ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १ सय ४२ रहेको छ। 

सचिवमा ध्रुव शाहीले ३ सय ३९ र रूद्र शाहीले १ सय ३३ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २ सय ६ मतको रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .