कर्णाली


कालीकोटको सुन्थराली विमानस्थलमा परीक्षण उडान स्थगन

पूर्वमुख्यमन्त्रीले मागे माफी
कालीकोटको सुन्थराली विमानस्थलमा परीक्षण उडान स्थगन

नेपालखबर
भदौ ११, २०८० सोमबार २०:५४, काठमाडौँ

आगामी भदौ १३ गते बुधबार कालीकोटमा रहेको सुन्थराली विमानस्थलमा गर्ने भनिएको परीक्षण उडान स्थगन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  उद्घाटन गर्ने कार्यक्रम रहेको विमानस्थलको परीक्षण स्थगित भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उक्त विमानस्थलमा परीक्षण उडान स्थगित भएको जानकारी दिएका छन्।

मन्त्री किरातीले भदौ १३ गते परीक्षण उडान गर्ने कार्यक्रममा स्थगित भएर असोज १३ गते कालीकोटको सुन्थराली र डोल्पाको मसिनेचौरको एकै पटक परीक्षण गर्ने निर्णय भएको बताएका छन्।

मन्त्री किरातीका बुबाको निधनका साथै अन्य प्राविधिक तयारी नपुगेका कारण परीक्षण स्थगित भएको हो। 

साथै मन्त्री किरातीले कालीकोटका जनताप्रति क्षमा माग्दै उनले कर्णालीका जनताले हवाई यातायातको सम्बन्धनमा पाएको दुख र हैरानीको समाधान गर्नेतर्फ सधैं लागि पर्ने प्रतिबद्धता जाहेर गरेका छन्।  

यस्तै, कालीकोटबाट प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि कालीकोटका जनतामाझ माफी मागेका छन्। 

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘समाननिय प्रधानमन्त्रीको चाहाना र कालिकोटको जनताको प्रतिक्षा थियो। ३८ बर्षे इतिहास बोकेको सुन्थराली विमानस्थलमा जहाज देखियोस्। अर्थात कोटबाडाको आकाशमा जहाज उड्योस्। साथै पश्चिम नेपालकै धार्मिक इतिहास बोकेको महत्वपूर्ण सुन्दर पर्यटकिय क्षेत्र बडिमालिका, त्रिवेणी धाम अवलोकन होस्।’

साथै सांसद शाहीले यही भदौ १३ गते हुने भनिएको विमानस्थलको परीक्षण स्थगनपछि कालीकोटवासी जनता अर्थात् आफ्ना मतदातामाझ माफी मागेका छन्।

उनले भनेका छन्, ‘अन्तिम घडीमा भदौ १३ गतेको त्यो सपना पुरा भएन्। केही कारणले गर्दा कार्यक्रम स्थगन भएको छ।  सम्पूर्ण तयारीका बाबजुत पनि त्यो सपना पुरा हुन नसकेकोमा म निक्कै लज्जित छु र सम्पूर्ण कर्णालीवासी र कालिकोटका मेरा प्यारा मतदाताप्रति क्षमा चाहान्छु।’

उनले जस्तोसुकै परस्थिति दोहोरिए पनि आफूले बोलेका र गरेका प्रतिबद्धताप्रति अहिले पनि इमानदार र प्रतिबद्ध रहेको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .