ad ad

कर्णाली


रुकुमपश्चिम जिप दुर्घटना- गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट नेपालगन्ज लगियो

पाँच जनाको मृत्यु
रुकुमपश्चिम जिप दुर्घटना- गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट नेपालगन्ज लगियो

घाइतेको उद्धारका लागि दुर्घटनास्थल ल्याइएको सेनाको हेलिकप्टर


नेपालखबर
जेठ ११, २०८० बिहिबार १३:४६, सुर्खेत

रुकुमपश्चिममा बिहीबार बिहान भएको जिप दुर्घटनामा परी गम्भीर घाइते चार जनालाई उपचारका लागि नेपालगन्ज लागेको छ। 

सानीभेरी गाउँपालिकाबाट रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८, तोरीधारामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो भने १० जना घाइते भए। 

दुर्घटनामा परेको जिप।

घाइतेमध्ये गम्भीर घाइतेहरू सानीभेरी गाउँपालिकाका ३० वर्षीय गाडी साहु  प्रेमबहादुर बाठा मगर, सोही ठेगनाकी २० वर्षीया अनिता केसी, २० वर्षीय ललित बाठा मगर र २ वर्षीया बालक प्रसिद्ध कुसारीलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो।

अहिले उनीहरुको उपचार नेपालगन्जस्थित रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए। 

उक्त दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला कुसारीकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .