कर्णाली


दलित-दलितबीच मात्रै चुनावी प्रतिस्पर्धा गराउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

दलित-दलितबीच मात्रै चुनावी प्रतिस्पर्धा गराउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

नेपालखबर
बैशाख ३, २०८० आइतबार १८:५६, सुर्खेत

‘दलितका लागि दलित आन्दोलन नेपाल’ नामक संस्थाले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनिश्चितकालिन धर्ना दिएको छ।

‘आफ्नो लागि आफैँ’ भन्ने नाराका साथ विभिन्न ८४ बुँदे माग राख्दै वैशाख १ गते शुक्रबारदेखि धर्ना सुरु गरेको हो।

दलित आन्दोलन नेपालले हत्या गरिएका दलितलाई सहिद घोषणा गर्न, हत्या गरिएका व्यक्तिको परिवारलाई प्रतिपरिवार एक करोड क्षतिपूर्ति दिन, सेना, प्रहरी लगायत राज्यका सबै सुरक्षा अंग, सरकारी निकाय, कर्मचारी, न्याय लगाएतका क्षेत्रमा दलितलाई सामुहिक प्रवेश, दलित दलितबीच मात्रै प्रतिस्पर्धा हुने गरि निर्वाचन क्षेत्र घोषणा गर्नुपर्ने लगायतका माग राखेको छ।

यस्तै, उनीहरुले राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय निकायमा १३.८ प्रतिशत दलित उपस्थिती अनिवार्य गर्नुपर्ने, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीहरूमा दलित अनिवार्य गर्नुपर्ने, हत्या गरिएका जातीय विभेदसँग सम्बन्धित घटनाको छानबिन, भूमिहीन दलितलाई भूमि, दलितलाई जग्गाधनी पूर्जा तत्काल दिनुपर्ने, घरविहीन दलितलाई घर, समूह, लघुवित्त सहकारी बैंकमा रहेको दलितको ऋण मिनाह, दलितलाई बिनाधितो बिनाब्याज ऋण दिनुपर्ने जस्ता माग राखेको दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनारले जानकारी दिए। 

धर्नाको तेस्रो दिन आज (वैशाख ३ गते)  मुख्यमन्त्री कार्यालयमा सचिवस्तरीय पहिलो चरणको वार्ता भएको संयोजक सुनारले बताए।

धर्नामा दलित समूदायका बालबालिकादेखि वृद्धवृद्धासमेत सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad