त्रिभुवन विश्वविद्यालय अन्तरगत सुर्खेतका ३ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको पुरै प्यानल विजयी भएको हो।
रेग्मीले प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटालाई ८ मतको अन्तरले पराजित गरेका हुन्।
यस्तै, वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको पुरै प्यानल विजयी भएको छ।
त्यस्तै, हिम शिखर बहुमुखी क्यापस रामघाटमा पनि अनेरास्ववियुकी सिर्जना रसायलीको नेतृत्वमा निर्विरोधरुपमा स्ववियुको नेतृत्व चयन भएको छ।
यता, सुर्खेत बहुमुखी क्याम्पसको मतदान सम्पन्न भएको छ भने मतगणना भोलि मात्र हुने क्याम्पस प्रमुख माधव खनालले जानकारी दिए।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया