जिल्ला प्रशासन कार्यालय सुर्खेतले इच्छा विपरित कसैसँग होली नखेल्न अनुरोध गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जारी गरेको सूचनामा होली पर्वलाई संयमतापूर्वक मनाउन आग्रह गरेका छन्।
सूचनामा भनिएको छ ‘होली मनाउने नाममा व्यक्तिको इच्छा विपरीत जथाभावी रंङ दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्याउने जस्ता अराजक, उच्छृंखल एवम् अवाञ्छित कार्य नगर्न नगराउन सबै जनसमुदायमा अनुरोध छ।’
साथै, प्रशासनले इच्छाविपरित कसैलाई रङ दलेमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
54
Shares

प्रतिक्रिया