कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्तामा खड्कालाई शुक्रबार नियुक्त गरिएको हो।
उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो।
खड्काले आजै शपथ ग्रहणसमेत गरेका छन्। उनलाई उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
माघ २०, २०७९, शुक्रबार
प्रतिक्रिया