कर्णाली प्रदेशको सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार (पुस ३०) मा सांसद नन्दा गुरुङ र खड्ग पोखरेलले प्रदेश सभाको कार्यालयका पुगेर उम्मेदवारी दर्ता गराएकका हुन्।
सत्तारुढ गठबन्धनको तर्फबाट एमालेकी नन्दाले नेपाली काग्रेसबाट पोखरेलले सभामुखको लागि उम्मेदवारी दर्ता गरेका छन्।
प्रदेश सचिव जीवराज बुढाथोकीका अनुसार नेपाली कांग्रेसबाट पोखरेलले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएका थिए भने गठबन्धनको तर्फबाट एमालेकी गुरुङले दिउँसो करिब ४ बजे उम्मेदवारी दार्ता गराएकी हुन्।
सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेको छ। त्यसै भागबण्डाका आधारमा कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भइसकेका छन्।
यस्तै, नेपाली कांग्रेसले बिहानै उम्मेदवारको नाम तयार गरि उम्मेदवारी दर्ता गराए पनि एमालेले उम्मेदवार चयनमा ढिलो गरेको थियो।
नेपाली कांग्रेसका उम्मेदवार बनेका सांसद पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा ९१०बाट निर्वाचित भएका सांसद हुने भने एमालेबाट उम्मेदवार बनेकी गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन्।
४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र १÷१ गरि ं३ जना सांसद रहेका छन्।
एमालेकी उम्मेदवार गुरुङमा पक्षमा २५ जना सांसदको समर्थन वा मत रहेको छ।
यस्तै, कर्णालीको उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।
उपसभामुखका लागि माओवादीबाट समानुपातिक सांसद कालीकोटकी यशोदा न्यौपाने र डोल्पाकी उर्मिला विश्वकर्माको नाम चर्चामा छ। तर, एमालेले सभामुख महिला बनाएपछि माओवादीले उप–सभामुखमा पुरुष पठाउनु पर्ने देखिएको छ।
प्रदेशसभा सचिवालयले मतदाताको नामावली प्रकाशन गरिसकेको छ भने बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
आजै बेलुका ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने र साढे ५ बजेदेखि उम्मदवारको प्रस्तावउपर दाबीरविरोध गर्ने तालिका छ।
मतदान आइतबार बिहान ११ बजे सुरु हुनेछ। त्यसअघि बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्तासम्बन्धी समय तोकिएको छ भने साढे १० बजे अन्तिम नामावली प्रकाशन र ११ बजे सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
Shares

प्रतिक्रिया