कर्णाली


कर्णालीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीको निर्णय

कर्णालीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीको निर्णय

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार २०:८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

कर्णाली प्रदेश समिति कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो।

बैठकपछि जारी प्रेस वक्तव्यमा माओवादी कर्णालीले भनेको छ, ‘प्रदेश सरकार निर्माणको सन्दर्भमा हालै सम्पन्न निर्वाचनको परिणाम अनुसार तुलनात्मक रुपले कर्णाली प्रदेश सभामा हाम्रो पार्टीको उपस्थिति बलियो रहेको गठबन्धनको निर्णय अनुसार प्रतिनिधि सभामा हामीले पाएको ५ सिट मध्ये सिट ४ र प्रदेशसभामा पाएको १० सिट मध्ये ९ सिटमा हाम्रो पार्टीका उम्मेदवार विजयी भएको २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा पार्टीको समानुपातिक मत पनि वृद्धि भएको अवस्थामा यस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने।’

यस्तै, माओवादीले संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्न पनि माग गरेको छ।

यस्तै, माओवादी धाराका कम्युनिष्ट पार्टीहरुबीच पार्टी एकताको लागि सार्थक पहल गर्न पनि माग गरेको छ।

माओवादीले संघ, प्रदेश र स्थानीय स्तरमा पार्टीको सत्ता सञ्चालन निर्देशक समिति गठन गरी परिचालन गर्न आग्रह गरेको छ। साथै, यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतासमेत औँल्याएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad