कर्णाली


कर्णालीमा एमालेका विनोद शाहले खुवाउने छन् शपथ

कर्णालीमा एमालेका विनोद शाहले खुवाउने छन् शपथ

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १९:३४, सुर्खेत

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई नेकपा एमालेका विनोदकुमार शाहले सपथ खुवाउने छन्। ४० सदस्यीय प्रदेश सभामा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ (२) बाट निर्वाचित ६६ वर्षीय शाहले शपथ खुवाउने भएका हुन्। 

उनी कर्णाली प्रदेश सभाका ४० जना सांसदमा सबैभन्दा ज्येष्ठ सदस्य हुन। सभामुख÷उपसभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यका रुपमा शाहले नै प्रदेशसभा बैठकको सञ्चालन गर्नेछन्। २०५१ सालमा दैलेख २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह हाल एमालेको कर्णाली प्रदेश कमिटी अध्यक्ष छन्। 

ज्येष्ठ सदस्यलाई भने प्रदेश प्रमुखले सपथखुवाउने व्यवस्था छ। त्यसपछि ज्येष्ठ सदस्यले प्रदेशसभाका सदस्यलाई सपथ खुवाउनेछन्। निर्वाचन परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ। 

निर्वाचन आयोगले निर्वाचन परिणाम सार्वजनिक गर्दै प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएपछि निर्वाचन परिणाम सार्वजनिक भएको मानिन्छ। प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आयोगले पठाएको नयाँ सांसदहरुको विवरणका आधारमा सचिवालयले प्रदेश प्रमुखको कार्यालय र दलकामुख्य नेताहरुसँग समन्वय गरेर ज्येष्ठ सदस्यको सपथको बन्दोबस्त मिलाउने बताए।

कर्णाली प्रदेशसभा नियमावली अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख÷उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ। त्यतिबेलासम्म ज्येष्ठ सदस्य नै सभामुखको रुपमा सभा सञ्चालन गर्नेछन्। 

प्रदेशसभा सदस्यमध्ये रुकुम पश्चिमकी तुल्सा मल्ल सबैभन्दा कान्छो सदस्य रहेकी छिन्। उनी ३४ वर्षकी भइन्। उनलाई एमालेले महिला खस आर्य कलस्टरबाट समानुपातिक सांसद बनाएको छ। पूर्व पत्रकार मल्ल एमालेको जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको जिल्लाअध्यक्ष छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad