जिल्ला प्रशासन कार्यालय सुर्खेतले उम्मेदवार बनेकाहरूलाई कुनै सुरक्षा चुनौती देखिएमा सुरक्षा समितिलाई लिखित जानकारी दिन अनुरोध गरेको छ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बनेका उम्मेदवारहरु तथा राजनीतिक दललाईसमेत सुरक्षा चुनौति देखिएमा पहिला नै जिल्ला सुरक्षा समितिलाई लिखित जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्याल, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख, उम्मेदवार, प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा बैठक बसेको थियो।
बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आयोगबाट जारी निर्वाचन आचारसंहिता २०७९ को कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त भएको छ।
यस्तै, यही कातिक १७ गतेबाट बृहत रुपमा जनसभा तथा प्रचार प्रसारलाई तीब्रता दिन सक्ने हुँदा सबै राजनीतिक दल तथा उम्मेदवारले मित्रवत व्यवहार गरी प्रतिस्पर्धा गर्नुपर्ने, दुष्प्रचार नगर्ने र सभा जुलुस गर्ने क्रममा स्थानको तय समेतका विषयमा आपसी समन्वय गरि सञ्चालन गर्नुपर्ने जस्ता निर्णय गरेको छ।
Shares

प्रतिक्रिया