ad ad

कर्णाली


दैलेखमा चट्याङ पर्दा १६ जना घाइते

दैलेखमा चट्याङ पर्दा १६ जना घाइते

नेपालखबर
साउन ९, २०७९ सोमबार १८:२३, काठमाडौँ

दैलेखमा चट्याङले लाग्दा १६ जना घाइते भएका छन्। 

जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ सेर्माकोट स्थित एक घरमा चट्याङ पर्दा कोदो गोड्न आएका किसानहरू घाइते भएका हुन्। 

चट्याङले लाग्दा १२ जना महिला, ३ पुरुष र १ बालिका गरी १६ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।  

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ। 

घटनामा गाई र खसीको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .