ad ad

कर्णाली


बिहीबार कर्णाली प्रदेशसभाको बैठक बस्दै

बिहीबार कर्णाली प्रदेशसभाको बैठक बस्दै

रासस
असार २२, २०७९ बुधबार ८:४७, कर्णाली

कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो। 

सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटकपटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन।

'प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिअनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रमको निष्पक्षताका आधारमा दिनुपर्ने, १५ लाख रुपैयाँ बजेटभन्दा मुनिका योजना स्थानीय तहमा पठाउनुपर्ने माग सरकारसँग राख्दै आएको छ', सभामुख शाहीले भने।

सभामुख शाहीले एमालेले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको बताए ।

बिहीबार बिहान ८  ०० बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १ः०० बजे सदन चलाउने योजना बनाइएको उनले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .