ad ad

सूनचाँदी


तोलामा २ सय महंगो भयो सुन, आज कति पुग्यो?

तोलामा २ सय महंगो भयो सुन, आज कति पुग्यो?

नेपालखबर
फागुन २९, २०७८ आइतबार ११:२१, काठमाडौँ

सुनको मूल्य आज फेरि बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला आज दुई सय रुपैयाँले मूल्य बढेको हो। 

छापावाल सुन आज १ लाख २ हजार ८ सय रुपैयाँ प्रतितोलामा र तेजाबी सुन १ लाख २ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ। 

यसअघि शुक्रबार छापावाल सुन १ लाख २ हजार ६ सय, तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँ र चाँदी १ हजार ४ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ८.०२ अमेरिकी डलरले घटेर १ हजार ९ सय ८७ दशमलव ९९ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .