ad ad

सूनचाँदी


भिजिट र टुरिस्ट भिसामा विदेश जाँदै हुनु हुन्छ? पढ्नुस् सरकारको १३ बुँदे ‘ट्राभल एड्भाइस’

भिजिट र टुरिस्ट भिसामा विदेश जाँदै हुनु हुन्छ? पढ्नुस् सरकारको १३ बुँदे ‘ट्राभल एड्भाइस’

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८० मंगलबार १५:४६, काठमाडौँ

सरकारले भिजिट र पर्यटक भिसामा विदेश जानेहरूका लागि कानुनी प्रावधान खुकुलो बनाइएको जनाएको छ।

अध्यागमन विभागले मंगलबार यात्रा परामर्श (ट्राभल एड्भाइस) जारी गर्दै भ्रमण र पर्यटकीय भिसामा जानेहरूले विशेष सतर्कता अपनाउनुपर्ने जनाएको छ। 

‘भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको छ’, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भनेका छन्, ‘यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय नेपाल सरकार (माननीय उपप्रधान तथा गृहमन्त्रीस्तर) बाट खारेज भई नयाँ ६ बुँदे कार्यविधि जारी भएको छ।’

अध्यागमन विभागले घुम्ने र परिवार भेट्न जाने यात्रुहरूले सेटिङको नाममा विचौलियाहरूलाई रकम बुझाएर विदेश यात्रा नगर्न पनि भनेको छ।

‘भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ’, विभागले भनेको छ, ‘भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नुहुन अनुरोध छ।’

‘श्रम गन्तव्य मुलुकहरू कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहरासहितमा विचौलियाहरूको प्रभावमा महिलाहरूलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने पाइएको छ। त्यस्तो कार्यबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षा बञ्चित हुनुपर्ने जस्ता समस्या देखिएकाले काम गर्ने मनसायले विदेश जाँदै हुनु हुन्छ भने अनिवार्य वर्किङ भिसामा श्रम स्वीकृति लिनु हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .