अन्तर्राष्ट्रिय मानव अधिकार फाउन्डेसन (आईएचआरएफ) ले अफगानिस्तानमा पाकिस्तानी आक्रमणमा क्रिकेट खेलाडीहरू मारिएको घटनाको निन्दा गरेको छ।
आईएचआरएफले भनेको छ, ‘हामी पाकिस्तानी सेनाको आक्रमणमा स्थानीय अफगान क्रिकेट टोलीका सदस्यहरूको हत्याको कडा शब्दमा निन्दा गर्छौं। नागरिकहरूमाथिको यो आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव अधिकारको संयुक्त राष्ट्र घोषणापत्रको गम्भीर उल्लंघन हो।’
अन्तर्राष्ट्रिय मानव अधिकार फाउन्डेसनले क्रिकेट खेलिरहेका केही खेलाडीका भिडिओ र तस्बिर पनि सार्वजनिक गरेको छ।
The International Human Rights Foundation (IHRF) condemns in the strongest terms the killing of members of a local Afghan cricket team in a bombardment by the Pakistani military. This attack on a civilian target constitutes a grave violation of international humanitarian law and… pic.twitter.com/TI1fxzUTDx
आईएचआरएफले सबै अन्तर्राष्ट्रिय मानव अधिकार संस्थालाई यो घटना र अफगान नागरिकविरुद्ध भइरहेको हिंसाबारे तुरुन्तै अनुसन्धान गर्न अपिल पनि गरेको छ।
संस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जवाफदेहिता र निर्दोष मानिसहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।
अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानी आक्रमणमा तीन खेलाडीसहित पाँच जनाको मृत्यु भएको बताएको छ।
योसँगै बोर्डले नोभेम्बरमा पाकिस्तानसँग हुने त्रिकोणीय टी-२० शृंखला नखेल्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया