ग्लोबल


वर्षा-आँधीले बिहार र उत्तर प्रदेशमा उत्पात: २४ घण्टामा ४८ जनाको मृत्यु

वर्षा-आँधीले बिहार र उत्तर प्रदेशमा उत्पात: २४ घण्टामा ४८ जनाको मृत्यु

नेपालखबर
जेठ १६, २०८३ शनिबार ११:४१, काठमाडौँ

भारतीय राज्य बिहारमा आँधीबेहरी र चट्याङका कारण गत २४ घण्टामा १७ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वर्षाका कारण पटनामा चार उडान डाइभर्ट गरिएका छन् र १८ वटा ढिलाइ भएको छ। 

जसले गर्दा ५०० भन्दा बढी यात्रुलाई असुविधा भएको छ।

आज राज्यका २५ जिल्लामा वर्षा हुने अनुमान गरिएको छ।

यस्तै उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा आँधीबेहरीका कारण ३१ जनाको मृत्यु भएको छ।

सहारनपुरमा भारी वर्षाका कारण पहाडबाट बाढी-पहिरो आउँदा इनोभा ट्रयाक्टरसहित १० वटा सवारीसाधन बगेका छन्।

आज उत्तर प्रदेशका सबै ७५ जिल्लामा वर्षाको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad