इराकको राजधानी बगदादमा एक अमेरिकी पत्रकार अपहरणमा परेकी छन्।
समाचार वेबसाइट अल-मोनिटरले अमेरिकी स्वतन्त्र पत्रकार सेली किटेलसनलाई मंगलबार साँझ अपहरण गरिएको जनाएको छ।
यसैबिच इराकको गृह मन्त्रालयले सुरक्षा बलले अपहरणकारमा संलग्नमध्ये एक सन्दिग्धलाई पक्राउ गरेको छ।
अमेरिकाको विदेश विभागका एक अधिकारीले पक्राउ परेका व्यक्ति इरान समर्थित मिलिसिया समूह "कताइब हेज्बुल्लाह"सँग सम्बन्धित रहेको बताएका छन्।
अमेरिकी विदेश विभागका सहायक सचिव डिलन जोनसनले पत्रकार अपहरणमा परेको पुष्टि गर्दै एक्समा लेखेका छन्, ‘हामी सकेसम्म चाँडो उनलाई मुक्त गर्न एफबीआईसँग काम गरिरहेका छौँ।’
123
Shares

प्रतिक्रिया