ग्लोबल


पाकिस्तान: सिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु

पाकिस्तान: सिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
माघ २३, २०८२ शुक्रबार २०:३, काठमाडौँ

पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार प्रार्थनाको समयमा सिया मस्जिद (इमाम्बाडा) मा आत्मघाती आक्रमण (विस्फोट) हुँदा ३१ जनाको मृत्यु भएको छ।

साथै घटनामा १६९ जना घाइते भएको पाकिस्तानी पत्रिका द डनले उल्लेख गरेको छ। 

प्रहरी र उद्धार टोली घटनास्थल पुगेका छन् र उद्धार गरिरहेका छन्।

इस्लामाबादका प्रहरी प्रमुखले सहरभरि आपत्‌काल घोषणा गरेका छन्।

अधिकारीहरूले हताहतीको संख्या बढ्न सक्ने आशंका गरेका छन्।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन।

पाकिस्तानका राष्ट्रपतिले भने- मानवताविरुद्धको आक्रमण

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै विस्फोटमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘निर्दोष मानिसहरूलाई निसाना बनाउनु मानवताविरुद्ध हो।’

जरदारीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राम्रो उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। 

यसैबिच पाकिस्तानका संसदीय मामिला मन्त्री डा. तारिक फजल चौधरीले घटनाको निन्दा गर्दै यस्ता घटनाले जनताको मनोबल नघट्ने बताएका छ। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता आतंकवादी घटनाले राष्ट्र र यहाँका जनताको मनोबल कमजोर बनाउन सक्दैनन्। हामी सबै शान्तिका लागि एकजुट हुनुपर्छ र कानुन पालना गराउने एजेन्सीहरूसँग दृढतापूर्वक उभिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad