अपराध


धनुषामा युवती मृत फेला, हत्या गरिएको आंशका

धनुषामा युवती मृत फेला, हत्या गरिएको आंशका

नेपालखबर
माघ २३, २०८२ शुक्रबार २०:१८, जनकपुरधाम

धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्। 

शुक्रबार सडकछेउमा युवतीको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोली शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाइएको छ।

मृतकको सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले बताए। ‘शवको सनाखत गर्न अहिलेसम्म कोही पनि आएको छैन,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा टाउकोमा चोट लागेको अवस्थाले कुटपिट गरी हत्या गरिएको देखिन्छ।’

अन्दाजी २५ वर्षीया युवतीबारे थप जानकारी प्राप्त नभएको उनले बताए। प्रहरीले मृतकको पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad