ग्लोबल


विश्व स्वास्थ्य संगठनबाट आधिकारिक रूपमै अलग भयो अमेरिका

डब्ल्यूएचओका महानिर्देशकले भने: विश्वकै लागि क्षति
विश्व स्वास्थ्य संगठनबाट आधिकारिक रूपमै अलग भयो अमेरिका

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १९:७, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अमेरिका आधिकारिक रूपमा अलग भएको छ।

यससँगै अर्थ संयुक्त राष्ट्र संघको यो निकायले आफ्नो सबैभन्दा ठुलो दाता गुमाएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि नै यसको संकेत गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थपए।

त्यतिबेला उनले कोरोना महामारीका बेला विश्व स्वास्थ्य संगठन चीनको पक्षमा लागेको आरोप लगाएका थिए।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले डब्ल्यूएचओले महामारीका बेला गलत व्यवस्थापन गरेको र सुधार गर्न असमर्थ रहेको आरोप लगाउँदै अलग हुने निर्णय गर्नुपरेको उल्लेख गरेको छ।

तर डब्ल्यूएचओले उक्त आरोप अस्वीकार गरेको छ।

यसैबिच यसका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भनेका छन्, 'अमेरिका संगठनबाट अलग हुनु अमेरिकाका लागि मात्र नभएर विश्वकै लागि नोक्सान हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad