ग्लोबल


थाइल्यान्डले विष्णुको मूर्ति ढालेपछि भारतले भन्यो: विश्वभरका भक्तजनको भावनामा चोट पुग्यो (भिडिओ)

थाइल्यान्डले विष्णुको मूर्ति ढालेपछि भारतले भन्यो: विश्वभरका भक्तजनको भावनामा चोट पुग्यो (भिडिओ)

नेपालखबर
पुस १०, २०८२ बिहिबार ७:२३, काठमाडौँ

थाइल्यान्ड-कम्बोडियाको विवादित सीमा क्षेत्रमा थाई सेनाले हिन्दु देवताको मूर्ति नष्ट गरेकोप्रति भारत सरकारले चिन्ता व्यक्त गरेको छ।

दुई देशबीच जारी सीमा विवादका क्रममा गत सोमबार थाइल्यान्डले बुलडोजर लगाएर विष्णुको मूर्ति भत्काइदिएको हो। कम्बोडियाले त्यो मूर्ति आफ्नो क्षेत्रमा रहेको दाबी गरेको छ।

यसप्रति चासो देखाउँदै भारतको विदेश मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको हो। 

भारतको विदेश मन्त्रालयले भनेको छ, 'हालै निर्माण गरिएको हिन्दु देवताको मूर्ति नष्ट गरिएको रिपोर्ट आएको छ। मूर्ति थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादबाट प्रभावित क्षेत्रमा थियो।'

भिडिओ :

विदेश मन्त्रालयले विज्ञप्तिमा अगाडि लेखेको छ, 'क्षेत्रीय दाबीलाई ध्यान नदिई यस्ता अपमानजनक कार्यले विश्वभरका भक्तहरूको भावनामा चोट पुर्‍याउँछन् र यसलाई अनुमति दिनु हुँदैन।'

भारतले फेरि एकपटक दुवै पक्षलाई वार्तामा संलग्न हुन र कूटनीतिक माध्यम अपनाउन अपिल पनि गरेको छ।

विदेश मन्त्रालयले शान्ति पुनर्स्थापना गर्न, जीवन र सम्पत्तिको क्षतिबाट बच्न र सम्पदाको संरक्षण गर्न संवाद आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad