ग्लोबल


२० बालबालिकाको मृत्युको कारक ‘कोल्ड्रिफ कफ सिरप’ उत्पादक कम्पनीका मालिक गिरफ्तार

२० बालबालिकाको मृत्युको कारक ‘कोल्ड्रिफ कफ सिरप’ उत्पादक कम्पनीका मालिक गिरफ्तार

खोकीको औषधि ‘कोल्ड्रिफ कफ सिरप’ र उत्पादक कम्पनीका मालिक एस रंगनाथ


नेपालखबर
असोज २३, २०८२ बिहिबार ११:१०, काठमाडौँ

भारतमा खोकीको औषधि ‘कोल्ड्रिफ कफ सिरप’ सेवन गर्दा कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि यो उत्पादन गर्ने कम्पनी स्रिसन फार्माका मालिक एस रंगनाथनलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश प्रहरीले उनलाई गएराति चेन्नईबाट पक्राउ गरेको हो। 

उनको औषधि कम्पनी स्रिसन फार्मा भने तमिलनाडु प्रदेशको कान्चीपुरमा छ। 

छिन्दवाडाका प्रहरी अधीक्षक अजय पाण्डेले एएनआईलाई बताएअनुसार रंगनाथनलाई अब चेन्नई (तमिलनाडु) को अदालतमा पेस गरिनेछ र ट्रान्जिट रिमान्ड प्राप्त गरेपछि छिन्दवाडा (मध्य प्रदेश) ल्याइनेछ।

भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ कफ सिरप’ सेवनपछि कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि हंगामा मच्चिएको छ। 

यसैबीच नेपालको औषधि व्यवस्था विभागले भने ‘कोल्ड्रिफ कफ सिरप’ यहाँ दर्ता नभएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad