ad ad

ग्लोबल


रामदेव र बालकृष्णलाई सर्वोच्च अदालतबाट राहत, पतञ्जलि प्रकरणमा अवहेलना मुद्दा बन्द

रामदेव र बालकृष्णलाई सर्वोच्च अदालतबाट राहत, पतञ्जलि प्रकरणमा अवहेलना मुद्दा बन्द

नेपालखबर
साउन ३०, २०८१ बुधबार ७:२३, काठमाडौँ

भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ।

पतञ्जलि आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई ‘औषधि तथा जादुई उपचार ऐन’को उल्लङ्घन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो।

अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने लिखित प्रतिबद्धता बुझाउन भनेको थियो।

यस मामिलामा सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गरेको हो। त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको हो। 

सर्वोच्च अदालतका न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दिन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो।

आदेशमा भनिएको छ- हामी उनीहरूलाई आगामी दिनमा  पहिले गरेजस्तो अदालतको आदेशको उल्लङ्घन गर्ने कुनै पनि काम नहोस् भनेर कडा चेतावनी दिन्छौँ।

कुरो के हो?

पतञ्जलि आयुर्वेदले उत्पादन गर्ने औषधि बाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो। साथै उसले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरिएको थियो। 

आईएमए (इन्डियन मेडिकल एसोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो। त्यसपछि अवहेलना मुद्दा अघि बढेको थियो। 

यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनका लागि बिनासर्त लिखित माफी मागेका थिए। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .