ad ad

ग्लोबल


केरला पहिरोः मृतकको संख्या ११९ पुग्यो, ९८ व्यक्ति बेपत्ता

लेदोसँगै बगे ४ गाउँ, केरला सरकारद्वारा राजकीय शोक घोषणा
केरला पहिरोः मृतकको संख्या ११९ पुग्यो,  ९८ व्यक्ति बेपत्ता

केरला पहिरो। तस्बिर : दैनिक भास्कर।


नेपालखबर
साउन १५, २०८१ मंगलबार २०:२३, काठमाडौँ

भारतीय राज्य केरलाको वायनाडमा भारी वर्षाका कारण मंगलबार बिहान विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १०० नाघेको छ। 

भारतीय पत्रिका दैनिक भास्करले मंगलबार साँझ जनाएअनुसार पहिरोका कारण हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ।  

मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्म वायनाडका ४ स्थानमा गएको पहिरोमा परी चार गाउँ बगेका छन्। मुण्डक्काई, चुरामाला, अट्टामाला र नुलपुजामा घर, पुल, सडक र सवारीसाधन समेत बगेका छन्। 

केरला पहिरो। तस्बिर : दैनिक भास्कर।

पहिरोमा परी ९८ जनाभन्दा बढी बेपत्ता छन् भने घाइते भएका ११६ जनालाई अस्पताल भर्ना गरिएको छ। उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली खटिएका छन्।

यो विपत्तिपछि केरला सरकारले राज्यमा दुई दिने राजकीय शोक घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .