ad ad

ग्लोबल


कुवेतमा आगलागी हुँदा एकै भारतीय परिवारका ४ जनाको मृत्यु

कुवेतमा आगलागी हुँदा एकै भारतीय परिवारका ४ जनाको मृत्यु

गत महिना पनि कुवेतको एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु भएका ४९ जनामध्ये अधिकांश भारतीय थिए।


नेपालखबर
साउन ५, २०८१ शनिबार २२:१, काठमाडौँ

कुवेतमा घरमा आगलागी हुँदा एकै भारतीय परिवारका ४ जनाको मृत्यु भएको छ। 

बीबीसी हिन्दीका अनुसार शुक्रबार राति कुवेत सहरको अब्बासियास्थित म्याथ्यु मुलक्कल नामका व्यक्तिको घरमा आगलागी भएको थियो।

जसमा परी म्याथ्यु मुलक्कल, उनका श्रीमती लिन मुलक्कल र दुई छोराछोरीको मृत्यु भएको हो। 

कुवेतस्थित भारतीय दूतावासले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो आधिकारिक एक्स ह्यान्डलमा लेखेको छ, ‘घरमा आगलागी हुँदा यो दुर्घटना भएको हो। दूतावास उनीहरूका परिवारसँग सम्पर्कमा छ र मृतकको शव जतिसक्दो चाँडो भारत फर्काउन मद्दत गर्नेछ।’

समाचार एजेन्सी पीटीआईका अनुसार त्यो परिवार भारत केरलाको अलाप्पुझाको नीरत्तुपुरमको थियो र केरलामा छुट्टी बिताएपछि एक दिनअघि मात्र घर फर्केका थिए।

अरब टाइम्सलाई उद्धृत गर्दै पत्रिकाले पहिलो तलामा रहेको एयर कन्डिसनरमा सर्ट भएर आगलागी भएको र यसका कारण निसास्सिएर परिवारको मृत्यु भएको लेखेको छ।

गत महिना कुवेतको एक बहुतले भवनमा आगलागी भएको थियो। यस घटनामा ४९ जनाको ज्यान गएको थियो भने अधिकांश भारतीय थिए।

सो भवनमा सोही कम्पनीमा काम गर्ने करिब १६० जना कामदार बस्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .