ad ad

ग्लोबल


भारत उत्तर प्रदेशमा रोकिराखेको बसमा ट्रक ठोकिँदा एकै गाउँका ११ जनाको मृत्यु

भारत उत्तर प्रदेशमा रोकिराखेको बसमा ट्रक ठोकिँदा एकै गाउँका ११ जनाको मृत्यु

घटनास्थल। तस्बिर : एएनआई


नेपालखबर
जेठ १३, २०८१ आइतबार ९:५७, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको निजी बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको हो। 

शाहजहानपुरका एसएसपी अशोक कुमार मिणाका अनुसार ढाबानजिकै एउटा बस रोकिएको थियो जसमा श्रद्धालुहरू यात्रा गरिरहेका थिए। ती व्यक्तिहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा बसिरहेका थिए। गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बस ठोक्कियो। 

प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा भएको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .