ग्लोबल


हमास समर्थित पोस्टमा लाइक गर्दा जसले गुमाउनुपर्‍यो प्रधानाध्यापकको जागिर

हमास समर्थित पोस्टमा लाइक गर्दा जसले गुमाउनुपर्‍यो प्रधानाध्यापकको जागिर

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १३:२९, काठमाडौँ

मुम्बईको एक विद्यालयकी प्रधानाध्यापकले हमाससँग सम्बन्धित पोस्टमा लाइक गरेको आरोपमा जागिर गुमाएकी छन्। 

हमाससँग सम्बन्धित पोस्टमा लाइक गर्दा सोमैया विद्या विहार विद्यालयकी प्रिन्सिपल परविन शेखलाई पदबाट बर्खास्त गरिएको हो। 

शेखले भनिन्, ‘१२ वर्षसम्म इमानदारीपूर्वक काम गर्दा पनि विद्यालय व्यवस्थापनले मलाई साथ नदिएकोमा म निराश छु, मेरोविरुद्ध सामाजिक सञ्जालमा घृणापूर्ण अभियान चलिरहेको थियो, मलाई साथ दिनुको सट्टा विद्यालयले अनावश्यक र ठूलो निर्णय लियो। यो कदम राजनीतिक रूपमा प्रेरित देखिन्छ।’

परविन शेख १२ वर्षदेखि सौम्या स्कुलमा कार्यरत थिइन्। सात वर्षअघि उनी बढुवा पाएर प्रधानाध्यापक बनेकी थिइन्। 

विद्यालय व्यवस्थापनले आफ्नो विज्ञप्ति जारी गरी भनेको छ, ‘परविन शेखको सामाजिक सञ्जाल गतिविधि हाम्रो जानकारीमा आएको छ।...हामी अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्छौं तर यो स्वतन्त्रतालाई पूर्ण जिम्मेवारी र अरूको सम्मान गर्ने गरी प्रयोग गरिनुपर्छ। यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै परविन शेखलाई विद्यालयबाट हटाइयो।’

रविन शेखले आफूविरुद्ध ओप इन्डिया बेवसाइटक तथा यसका सम्पादक र नुपुर शर्माले झुट फैलाएको आरोप लगाएकी छन्। ओप इन्डियाको विश्वसनीयतामा पहिले पनि प्रश्न उठेका छन्। 

परविन शेख सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्।

ओप इन्डिया वेबसाइटले २४ अप्रिलमा परविन शेखबारे रिपोर्ट गरेको थियो। जसमा परविनले गरेका लाइक र कमेन्टको विश्लेषण गरिएको छ। 

ती पोस्टमा हमासप्रति सहानुभूति र प्यालेस्टिनी जनताको समर्थन रहेको बताइएको थियो। धेरै पोस्टलाई हिन्दुविरोधी र प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी भनेर वर्णन गरिएको थियो।

यो प्रतिवेदन सार्वजनिक भएपछि विद्यालय व्यवस्थापनले परविन शेखलाई बोलाएर प्रधानाध्यापक पदबाट राजीनामा दिन आग्रह गरेको थियो।

उनले  राजीनामा दिन अस्वीकार गरेपछि विद्यालयले विज्ञप्ति जारी गरी उनलाई विद्यालयबाट बर्खास्त गरिएको जनाएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .