साउदी अरेबियाले आगामी जुन २ मा सुरु हुने हजयात्राका विषयमा चेतावनी जारी गरेको छ।
साउदीको गृह मन्त्रालयले हजयात्राका क्रममा तोकिएका र निर्देशिका उल्लंघन गर्नेलाई अढाई लाख रुपैयाँभन्दा बढी जरिवाना लाग्ने चेतावनी दिएको हो।
यसैगरी अनुमतिबिना हजयात्रा गर्नु गैरकानुनी मानिने र त्यसरी हजयात्रा गर्नेलाई स्वदेश फिर्ता पठाइने साउदीको गृह मन्त्रालयले जनाएको छ।
नियम उल्लंघन गरेमा गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्धसमेत लगाइने बताइएको छ।
सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको साउदी गृह मन्त्रालयले जनाएको छ।
यस्तै पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने साउदीले जनाएको छ। यो निर्णय जुन २ देखि जुन २० सम्म लागु हुनेछ।
— SPAENG (@Spa_Eng) May 8, 2024Starting from the 25th of Dhu al-Qi’dah, corresponding to June 2nd... Implementing penalties for violating Hajj regulations and instructions (performing Hajj without a permit) for the year 1445 AH - 2024 AD.#SPAGOV pic.twitter.com/TVqwh56LGO
Shares

प्रतिक्रिया