ad ad

ग्लोबल


भारतको मणिपुरमा फेरि हिंसा चर्कियो, सुरक्षाकर्मीसहित ८ जना मारिए

भारतको मणिपुरमा फेरि हिंसा चर्कियो, सुरक्षाकर्मीसहित ८ जना मारिए

नेपालखबर
माघ ५, २०८० शुक्रबार ११:११, काठमाडौँ

भारतको मणिपुर राज्यमा फेरि हिंसा सुरु भएको छ। बिहीबार र बुधबार राति भएका हिंसामा ५ सर्वसाधारण र ३ सैनिकको मृत्यु भएको छ। 

त्यसको एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। 

दुई दिनको हिंसामा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए। राज्यमा आठ महिनादेखि जारी हिंसा रोकिने संकेत देखिएको छैन। 

मणिपुर प्रहरीका अनुसार जनवरी १८ मा विष्णुपुर जिल्लाको निङ्थौखोङ खा खुनोमा अज्ञात समूहले चार सर्वसाधारणको हत्या गरेका हुन्।

घटनाको अनुसन्धान जारी रहेको र दोषीलाई पक्राउ गर्ने प्रयास भइरहेको मणिपुर प्रहरीले जनाएको छ। 

यसअघि जनवरीको १७ अबेर राति मणिपुर प्रहरीले चरमपन्थीहरूले योजनाबमोजिम सुरक्षा बलविरुद्ध आक्रमण गरेको र त्यसमा मणिपुर राइफल्सका एक जवान, मणिपुर पुलिसको आईआरबी फोर्सका एक जवान र भारतीय रिजर्व बटालियन गरी ३ सुरक्षाकर्मी मारिएको जनाएको छ।

गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी(जो समुदायबीच जातीय हिंसा भइरहेको छ।

पछिल्लो ८ महिनामा त्यहाँ कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .