युक्रेनका धेरै अर्थोडक्स ईसाईहरूले यस वर्ष पहिलोपटक डिसेम्बर २५ (आज) मा क्रिसमस मनाइरहेका छन्।
वास्तवमा, युक्रेन र रुस दुवैले जुलियन क्यालेन्डर प्रयोग गर्छन् भने बाँकी विश्वले ग्रेगोरियन क्यालेन्डर।
ग्रेगोरियन क्यालेन्डर मान्नेहरूले डिसेम्बर २५ मा क्रिसमस मनाउँछन् भने जुलियन क्यालेन्डर पालना गर्नेहरूले जनवरी ५ मा।
बीबीसीका अनुसार पछिल्लो २२ महिनादेखि रुसको आक्रमणसँग लडिरहेको युक्रेनले क्रिसमसका विषयमा रुसभन्दा फरक बाटो रोजेर यो निर्णय गरेको हो।
सन् १९१७ मा रुसी क्रान्ति हुनुअघि युक्रेनले २५ डिसेम्बरमै क्रिसमस मनाउँथ्यो।
डिसेम्बर २५ मा क्रिसमस मनाउनु भनेको चाडपर्वको मिति परिवर्तन मात्र होइन, युक्रेनले सांस्कृतिक परिवर्तनका लागि चालेको कदमको एउटा हिस्सा हो, जसअन्तर्गत ऊ यसमा रुसको प्रभाव अन्त्य गर्न चाहन्छ।
पश्चिमी ग्रेगोरियन क्यालेन्डर अपनाउनु पनि युक्रेनले आफूलाई युरोपसँग नजिक ल्याउने प्रयासको एउटा पाइला हो।
Shares

प्रतिक्रिया