ad ad

ग्लोबल


उत्तर प्रदेशमा साँढेले हान्दा श्रीमान्‌को मृत्यु, श्रीमती र बुहारी गम्भीर घाइते

उत्तर प्रदेशमा साँढेले हान्दा श्रीमान्‌को मृत्यु, श्रीमती र बुहारी गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १४:१०, काठमाडौँ

भारतको पश्चिम उत्तर प्रदेशको मुजफ्फरनगरमा खेतमा काम गरिरहेका किसानलाई साँढेले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन्। 

बीबीसी हिन्दीका अनुसार घटनामा ५८ वर्षीय सतिस सैनीको मृत्यु भएको उनका परिवारले पुष्टि गरेका छन्।

मुजफ्फरनगर प्रहरीले पनि सिखेडा थाना क्षेत्रको एक गाउँमा छाडा साँढेको आक्रमणबाट एक जनाको मृत्यु भएको र दुई महिला घाइते भएको जनाएको छ। मृतकको पोस्टमार्टम भइसकेको छ।

मृतकका भाइ सत्यवीरले आफ्ना दाजु, भाउजू र श्रीमती उखु छिल्न खेतमा गएका बेला अचानक साँढेले आक्रमण गरेको बताएका छन्। 

आक्रमणमा परी दाइ सतिसको घटनास्थलमै मृत्यु भएको र श्रीमतीको हात तथा भाउजूको करङ भाँचिएको उनले जानकारी दिएका छन्। 

घाइते दुई महिलालाई एक निजी अस्पतालमा भर्ना गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .