अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फर्केको ४ दिनपछि नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्।
मंगलबार राति बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्।

पुटिनले चीनको राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता गर्नेछन्।
यो पुटिनको यस वर्षको पहिलो विदेश भ्रमण हो। यसले पनि वर्तमान विश्व परिवेशमा चीनको महत्त्व कति छ भन्ने कुरा प्रस्ट पार्छ।
पश्चिमी प्रतिबन्धका बाबजुद चीन रुसको सबैभन्दा ठुलो तेल खरिदकर्ता र एक प्रमुख सहयोगी बनेको छ।
पुटिनले यो सम्बन्धलाई अझ बलियो बनाउने प्रयास गर्नेछन्।
बीबीसीका अनुसार बैठक विशेष गरी नयाँ ग्यास पाइपलाइनमा केन्द्रित हुनेछ, जसले प्रत्येक वर्ष चीनमा ५० अर्ब घन मिटर प्राकृतिक ग्यास ढुवानी गर्न सक्छ।
हालैका महिनामा विश्वका धेरै नेताले व्यापार र आर्थिक सहयोग बढाउन चीन भ्रमण गरिरहेका छन्, जसमा पुटिन पनि सामेल भएका छन्।
यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्प तीन दिन चीन भ्रमण गरेर यही जेठ १ गते मात्र स्वदेश फर्केका थिए।
Shares

प्रतिक्रिया