कतार र टर्कीले इरान युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासलाई समर्थन गरेका छन्।
कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने र होर्मुज स्ट्रेट पुन: खोलेर समुद्री यातायातलाई सामान्य बनाउने उद्देश्यले पाकिस्तानले गरेको प्रयासलाई कतार र टर्की संयुक्त रूपमा समर्थन गर्छन्।’
उक्त वक्तव्य मंगलबार दोहामा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र टर्कीका विदेशमन्त्री हकान फिदानबिच भएको भेटवार्तापछि जारी गरिएको हो।
उनीहरूको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा कतार र टर्कीले यस क्षेत्रमा सैन्य कारबाही पुनः सुरु गर्नाले विश्वव्यापी सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिएका छन्।
पाकिस्तानले इरान र अमेरिका मिलाउन निरन्तर प्रयास गरिरहेको छ।
दुई देशबिच पाकिस्तानमा वार्ता भए पनि सहमति नभएपछि पुन: दोस्रो चरण संवादका लागि कोसिस भइरहेको छ।
Shares

प्रतिक्रिया