इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन्।
इरानका समाचार एजेन्सीहरू तस्निम र फार्सका अनुसार अराघचीले चीनका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन्।
यो भ्रमणको उद्देश्य दुई देशबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी परिस्थितिमा भएका विकासक्रमबारे छलफल गर्नु हो।
एसोसिएटेड प्रेसका अनुसार अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानका विदेशमन्त्री पहिलोपटक चीनको भ्रमणमा गएका हुन्।
चीन इरानको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार र इरानी तेलको प्रमुख खरिदकर्ता हो। इरानमा अमेरिकाले लगाएको प्रतिबन्धका बाबजुद चीनले इरानी तेल खरिद जारी राखेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यही मे १४ र १५ मा चिनियाँ समकक्षी सी चिनफिङसँग भेट्न चीन जाने कार्यक्रम रहेका बेला त्यसअघि नै इरानका विदेशमन्त्री पुगेका हुन्।
यसबिच अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरानलाई होर्मुज स्ट्रेटमा नियन्त्रण त्याग्न बाध्य पार्न अराघचीलाई दबाब दिन चीनलाई आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया