ग्लोबल


घरमै आत्मघाती बम विस्फोट हुँदा मालीका रक्षामन्त्री मारिए, राष्ट्रपति पनि सुरक्षित स्थान सारिए

घरमै आत्मघाती बम विस्फोट हुँदा मालीका रक्षामन्त्री मारिए, राष्ट्रपति पनि सुरक्षित स्थान सारिए

फाइल तस्बिर: मालीका रक्षामन्त्री सादियो कामारा


नेपालखबर
बैशाख १४, २०८३ सोमबार ११:१४, काठमाडौँ

पश्चिम अफ्रिकामा अवस्थित देश मालीका रक्षामन्त्री सादियो कामारा आत्मघाती ट्रक बम विस्फोटमा मारिएका छन्।

रक्षामन्त्री कामाराको परिवारका अनुसार राजधानी बामानजिकै रहेको उनको घरमै गरिएको आत्मघाती ट्रक बम विस्फोटमा उनी मारिएका हुन्।  

मालीको सरकारी टीभीले घटनाको केही घण्टापछि रक्षामन्त्री मारिएको मृत्यु पुष्टि गर्दै भनेको छ, ‘कामारा सुरुमा घाइते भएका थिए र पछि उनको मृत्यु भयो।’

यस्तै मालीका राष्ट्रपति असिमी गोइताको घरलाई पनि निसाना बनाइएकाले उनलाई सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ। 

चरमपन्थी संगठन अजावद लिबरेसन फ्रन्टले भनेको छ, ‘माली सेनामा तैनाथ भाडाका रुसी सैनिक दुई दिनको लडाइँपछि किडालबाट फिर्ता हुन सहमत भएका छन्।’

फ्रन्टले सहर अब आफ्नो नियन्त्रणमा रहेको दाबी पनि गरेको छ। 

मालीमा हाल व्यापक हिंसा र अस्थिरता छ।

राजधानी बामाकोसहित मालीका धेरै सहरमा चरमपन्थी संगठनले हमला गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad