ग्लोबल


इरानका विदेशमन्त्री पाकिस्तान प्रस्थान

इरानका विदेशमन्त्री पाकिस्तान प्रस्थान

इरानका विदेशमन्त्री अब्बास अराघची (फाइल तस्बिर)


नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार २१:३३, काठमाडौँ

इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार पाकिस्तान प्रस्थान गरेका छन्।

पाकिस्तानको राजधानी इस्लामाबाद पुगेपछि उनले पाकिस्तानी अधिकारीहरूसँग वार्ता गर्नेछन्।

यसलाई अमेरिका र इरानबिचको सम्भावित वार्ताको तयारीका रूपमा हेरिएको छ। यद्यपि अहिले नै अमेरिका वार्तामा बस्ने छैन। 

यसअघि आज दिउँसो अराघचीले पाकिस्तानका सेना प्रमुख असिम मुनिर र विदेशमन्त्री मोहम्मद इसाक दारसँग छुट्टाछुट्टै कुरा गरेका थिए।

छलफल अमेरिका र इरानबिच युद्धविराम कायम राख्ने कुरामा केन्द्रित थियो।

पाकिस्तानले यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।

यो भेटले अमेरिका र इरानबिच दोस्रो चरणको वार्ताका लागि मार्गप्रशस्त गर्न सक्ने आशा गरिएको छ।

इरानी सञ्चारमाध्यम इरनाका अनुसार पाकिस्तानपछि अराघची ओमानको राजधानी मस्कट र त्यसपछि रुस जानेछन्।

हाल यस विषयमा अमेरिका वा इरान दुवैबाट कुनै आधिकारिक वक्तव्य आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad