ग्लोबल


इरान सहमतिमा नआएसम्म होर्मुज स्ट्रेटको नाकाबन्दी हटाइँदैन: ट्रम्प

इरान सहमतिमा नआएसम्म होर्मुज स्ट्रेटको नाकाबन्दी हटाइँदैन: ट्रम्प

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार ८:१९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सहमतिमा नआएसम्म इरानी भूमिमा रहेको समुद्री मार्ग होर्मुज स्ट्रेटमा गरिएको नाकाबन्दी नहटाउने बताएका छन्। 

अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता होला कि नहोला भन्ने द्विविधा रहेका बेला ट्रम्पले इरानी बन्दरगाहमा जारी अमेरिकी नाकाबन्दी जारी राख्ने चेतावनी दिएका हुन्। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘नाकाबन्दीले इरानलाई पूर्ण रूपमा ध्वस्त पारिरहेको छ। उसले हरेक दिन ५०० मिलियन डलर गुमाइरहेको छ र यो लामो समयसम्म जारी राख्न असम्भव छ।’

उता इरानले भने बन्दरगाहमा अमेरिकी नाकाबन्दी नहटाइएसम्म कुनै वार्तामा सहभागी नहुने अडान लिइरहेको छ।

यसैबिच इरान र अमेरिकाबिच दोस्रो चरणको वार्ता हुने आशामा पाकिस्तानको राजधानी इस्लामाबादमा भने सुरक्षा व्यवस्था कडा पारिएको छ। 

यद्यपि अहिलेसम्म वार्ता हुने/नहुने कुनै टुंगो लागेको छैन। 

यसअघि पाकिस्तानमै भएको २१ घण्टा लामो अमेरिका-इरान वार्ता बिनानिष्कर्ष सकिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad