ग्लोबल


अमेरिकासँग फेरि वार्ता हुने चर्चाबिच इरानी राष्ट्रपतिलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन

अमेरिकासँग फेरि वार्ता हुने चर्चाबिच इरानी राष्ट्रपतिलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन

नेपालखबर
बैशाख ७, २०८३ सोमबार ९:२८, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आइतबार साँझ इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई फोन गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताले वर्तमान क्षेत्रीय अवस्थाबारे लगभग ४५ मिनेटसम्म विस्तृत रूपमा छलफल गरे।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री सहबाज सरिफले अप्रिल ११-१२ मा वार्ताका लागि इस्लामाबादमा प्रतिनिधिमण्डल पठाएकामा राष्ट्रपति पेजेस्कियान र इरानी नेतृत्वलाई धन्यवाद दिनुभयो।’

यस क्रममा प्रधानमन्त्री सहबाजले इरानका राष्ट्रपतिलाई साउदी अरेबिया, कतार र टर्कीका नेताहरूसँग भएको आफ्नो भेटघाटबारे पनि जानकारी गराए।

उनले भने, ‘भेटवार्ता क्षेत्रमा दिगो शान्ति ल्याउन वार्ता र कूटनीति प्रक्रिया अगाडि बढाउन धेरै सहयोगी साबित भएका छन्।’

अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्न पाकिस्तानले मध्यस्थता गरिरहेको छ। 

पहिलो चरणको वार्ता असफल भएपछि पाकिस्तानले दुई देशलाई फेरि वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको छ। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार नै दोस्रो चरणको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबाद प्रस्थान गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad