इरानसँगको युद्ध तेस्रो हप्ता प्रवेश गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निक्कै ठूलो संकटको सामना गरिरहेका छन् । यस्तो देखिँदै छ कि युद्ध उनको नियन्त्रणबाट बाहिर जाँदै गरेको देखिन्छ। युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्य बढिरहेका छन्, अमेरिका आफ्ना सहयोगीहरूबाट अलगिएको छ, र युद्ध छोटो हुने ट्रम्पको वाचा विपरीत थप अमेरिकन सैनिकहरू युद्धस्थलमा पठाउने तयारी भइरहेको छ।
ट्रम्पले निर्वाचनको बेला 'मूर्ख युद्धहरू' बाट अमेरिकालाई टाढा राख्ने वाचा गरेका थिए । तर अहिले आफूले सुरु गर्न मद्दत गरेको युद्धको न त नतिजा नियन्त्रण गर्न सकेका छन्, न त राम्रो सन्देश नै दिन सकेका छन्। युद्धबाट कसरी पार पाउने भन्ने स्पष्ट रणनीति नहुँदा उनको राजनीतिक भविष्य र उनको दलको आगामी निर्वाचन सम्भावनामा जोखिम देखिएको छ।
पूर्व मध्यपूर्व वार्ताकार आरोन डेभिड मिलरले भने, 'ट्रम्प आफैंले इरान युद्धको एउटा बक्स बनाएका छन्, र त्यसभित्रबाट कसरी निस्कने भन्ने थाहा पाउन सकेका छैनन्।' तर व्हाइट हाउसका एक अधिकारीले यसलाई अस्वीकार गर्दै भने—इरानका धेरै शीर्ष नेताहरू मारिएका छन्, नौसेना डुबाइएको छ र मिसाइल क्षमतामा ठूलो क्षति पुगेको छ। 'यो स्पष्ट सैनिक सफलता हो,' उनले भने।
पछिल्लो हप्तामा ट्रम्पको कूटनीतिक, सैनिक र राजनीतिक शक्ति सीमित भएको स्पष्ट देखियो।
उनले नेटो सदस्यहरूलाई होर्मुज जलडमरूको सुरक्षा गर्न नौसेना पठाउन मनाउन सकेनन्। केही सहयोगी राष्ट्रहरू युद्धमा नजोडिने निर्णयमा अडिग देखिए। केही सल्लाहकारहरूले ट्रम्पलाई छिटो “निकासको बाटो” खोज्न सुझाव दिएका छन्, तर उनले त्यसलाई स्वीकार गर्ने कि नगर्ने स्पष्ट छैन।
विश्लेषकहरूका अनुसार सहयोगीहरूको अनिच्छा केवल युद्धमा नजोडिने चाहना मात्र होइन, ट्रम्पले विगतमा गरेका गठबन्धनविरुद्धका टिप्पणीहरूको प्रतिक्रिया पनि हो।इजरायलसँग पनि मतभेद देखिन थालेको छ। ट्रम्पले इरानको साउथ पार्स ग्यास क्षेत्रमा भएको आक्रमणबारे आफूलाई जानकारी नभएको बताएका छन्, तर इजरायली अधिकारीहरूले यो आक्रमण अमेरिकासँग समन्वयमै भएको बताएका छन्।
सम्भावित बाटाहरू
ट्रम्प अहिले अपरेशन इपिक फ्यूरी’ मा दोबाटोमा छन्स्
एक, आक्रमण तीव्र बनाउने : इरानको तेल केन्द्र (खार्ग टापु) कब्जा गर्ने वा तटीय क्षेत्रमा सेना पठाउने
→ जोखिम लामो युद्ध र जनताको असन्तुष्टि
दोस्रो विजय घोषणा गरेर बाहिरिने
→ जोखिम : खाडी क्षेत्रका सहयोगीहरू असन्तुष्ट हुने र कमजोर इरानले पुनः खतरा बन्ने
रिपोर्ट अनुसार अमेरिका हजारौँ अतिरिक्त सैनिक मध्यपूर्व पठाउँदैछ, तर इरान भित्र पठाउने निर्णय भएको छैन।
गलत अनुमान
यो युद्ध फेब्रुअरी २८ देखि सुरु भएको थियो । अहिले ट्रम्प प्रशासनभित्रै युद्धको परिणाम र सम्भावित जोखिमहरूबारे राम्रोसँग पूर्वानुमान नगरिएको भन्ने बुझाइ बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार ट्रम्पको सबैभन्दा ठूलो गलत अनुमान इरानले यति ठूलो प्रतिकार गर्नसक्छ भन्नेमा देखियो। इरानले बाँकी रहेका मिसाइल र ड्रोन प्रयोग गर्दै प्रत्याक्रमण गरिरहेको छ र होर्मुज जलडमरू लगभग बन्द गरिसकेको छ—जहाँबाट विश्वको करिब २०५ तेल आपूर्ति हुन्छ। पूर्व अमेरिकी राजदूत जोन बास ले भने, 'उनीहरूले सम्भावित अवस्थाहरूको पर्याप्त तयारी गरेनन्, जहाँ युद्ध योजना अनुसार नचल्न सक्छ।'
सन्देश नियन्त्रणमा समस्या
युद्ध लम्बिँदै जाँदा ट्रम्प आफ्नो सन्देश नियन्त्रण गर्न पनि असफल देखिएका छन्। उनले मिडियामाथि 'देशद्रोह' जस्ता आरोप लगाएका छन्।
पूर्व नीति सल्लाहकार ब्रेट ब्रुइन भन्छन्, 'उनी समाचार चक्र नियन्त्रण गर्न सकिरहेका छैनन्, किनकि किन युद्ध सुरु गरियो र अब के हुन्छ भन्ने स्पष्ट जवाफ दिन सकेका छैनन्।'
(रोयटर्समा प्रकाशित म्याट स्पेटलिनक/नन्दिता बाेसकाे रिपाेर्ट )
Shares

प्रतिक्रिया