ग्लोबल


नर्वेका पूर्वप्रधानमन्त्रीले गरे प्राण त्याग्ने प्रयास

नर्वेका पूर्वप्रधानमन्त्रीले गरे प्राण त्याग्ने प्रयास

नेपालखबर
फागुन १३, २०८२ बुधबार ७:४७, काठमाडौँ

नर्वेका पूर्वप्रधानमन्त्री थोर्बजोर्न जगल्यान्डले आत्महत्या प्रयास गरेका छन्। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना गत हप्ताको हो।

केही मिडिया रिपोर्टको दाबीअनुसार  नर्वेजियन सम्पादक संघले उनका वकिलसँग परामर्श गरेर यो विषय सार्वजनिक नगर्न सहमति गरेको  थियो। तर केही मिडिया प्लाटफर्मले उनको गम्भीर अवस्थालाई उद्धृत गर्दै घटना खुलासा गरेका हुन्।

घटना यौन अपराधमा दोषी ठहर अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग उनको सम्बन्धसँग सम्बन्धित छ। 

साथै पूर्वप्रधानमन्त्री जगल्यान्डविरुद्ध भ्रष्टाचारको पनि आरोप लगाइएको छ, जसमा अधिकतम १० वर्षको जेल सजाय हुन्छ।

उनका वकिल एल्डेन ल फर्मले सीएनएनसँग यो कुरा पुष्टि गरे पनि उनले भने आरोप अस्वीकार गरेका छन्। 

एपस्टिन यौन प्रकरणले विश्वमै हलचल ल्याएको छ।

यही कारण १० देशमा विभिन्न पदका व्यक्तिले राजीनामा दिनुपरेको छ भने ८० शक्तिशाली व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको छ। 

त्यही काण्डमा मंगलबार मात्र अमेरिकाका लागि पूर्वबेलायती राजदूत पिटर म्यान्डेलसनलाई बेलायतको प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad