ग्लोबल


बंगलादेशमा तोकियो मतदानको समय

बंगलादेशमा तोकियो मतदानको समय

नेपालखबर
माघ २७, २०८२ मंगलबार १५:७, काठमाडौँ

विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना देशै छाडेर भागेपछि बंगलादेशमा पहिलोपटक यही फेब्रुअरी १२ मा संसदीय निर्वाचन हुँदै छ। 

बंगलादेशको निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले फेब्रुअरी १२ तारिख बिहान ७:३० मा मतदान सुरु गर्ने तयारी भइसकेको जानकारी दिएको एएनआइले जनाएको छ।

यस क्रममा उनले चुनावमा कुनै असुरक्षा नरहेको दाबी पनि गरेका छन्। 

उनले भनेका छन्, ‘मेरो बुझाइमा- त्यहाँ कुनै असुरक्षा वा खतरा छैन, सबै कुरा व्यवस्थित छ।’

चुनाव हुने दिन नजिकै जाँदा निर्वाचन अधिकारी तथा उम्मेदवारहरूले घरदैलो अभियानलगायत चुनावी गतिविधि तीव्र पारेका छन्। 

बंगलादेशको निर्वाचन कानुनअन्तर्गत मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि आधिकारिक प्रचार अभियान बन्द गर्नुपर्छ। 

गत वर्ष आन्दोलनकारीले प्रधानमन्त्री निवासमै आक्रमण गर्न थालेपछि हसिना २०२४ अगस्ट ५ मा सत्ता त्याग्दै हेलिकप्टर चढेर भारत भागेकी थिइन्। त्यसयता उनी भारतकै शरणमा छिन्। 

विद्यार्थीको नेतृत्वमा भएको त्यस आन्दोलनमा १४ सय जना मारिएका थिए। 

फेब्रुअरी १२ मा हुने चुनावमा हसिनाको पार्टी अवामी लिगलाई भने भाग लिन प्रतिबन्ध लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad