ग्लोबल


इरानमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले भन्यो: आर्मिनिया वा टर्की हुँदै भए पनि तुरुन्त बाहिरिनू

इरानमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले भन्यो: आर्मिनिया वा टर्की हुँदै भए पनि तुरुन्त बाहिरिनू

नेपालखबर
पुस २९, २०८२ मंगलबार १०:२४, काठमाडौँ

इरानस्थित अमेरिकी भर्चुअल दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्तै इरान छाड्न आग्रह गरेको छ।

भर्चुअल दूतावासले भनेको छ, ‘इरानभरि विरोध प्रदर्शन बढ्दै गइरहेको छ र यो हिंसात्मक हुन सक्छ। जसका कारण गिरफ्तारी र घाइते हुन सक्छ। कडा सुरक्षा उपाय, सडक बन्द, सार्वजनिक यातायात अवरोध र इन्टरनेट अवरुद्ध भइरहेको छ।’

‘इरानी सरकारले मोबाइल, ल्यान्डलाइन र इन्टरनेट नेटवर्कमा प्रतिबन्ध लगाएको छ। एयरलाइन्सहरूले इरान जाने-आउने उडान सीमित वा रद्द गरिरहेका छन्। धेरै एयरलाइन्सले शुक्रबार जनवरी १६ सम्म सेवा स्थगन गरेका छन्।’

अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सञ्चारको वैकल्पिक माध्यम खोज्न सुझाव दिएको छ। 

साथै सुरक्षित छ भने अमेरिकी नागरिकलाई आर्मिनिया वा टर्की हुँदै स्थल मार्गबाट इरान छाड्न पनि सल्लाह दिइएको छ। 

इरानमा रहेका अमेरिकी नागरिकहरूलाई सूचनामा भनिएको छ, ‘यदि तपाईं इरान छाड्न सक्नुहुन्न भने सुरक्षित ठाउँ खोज्नुहोस्। खाना, पानी, औषधि र अन्य आवश्यक वस्तु जोहो गर्नुहोस्। प्रदर्शनबाट बच्नुहोस् र आफ्ना वरपर सचेत रहनुहोस्।’

इरानमा अमेरिकाको कूटनीतिक उपस्थिति छैन। अमेरिकाका लागि स्विट्जरल्यान्डले प्रोटेक्टिङ पावरका रूपमा काम गर्छ।

अमेरिकाको विदेश मन्त्रालयले इरानबारे जानकारी अमेरिकी भर्चुअल दूतावास (https://ir.usembassy.gov/) मार्फत दिन्छ।

इरानमा १७ दिनदेखि सरकारविरुद्ध जनप्रदर्शन भइरहेको छ। 

यसैबीच इरानी सरकारको समर्थनमा पनि जुलुस निकालिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad