अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई निवासबाटै थुतेर लगेपछि अहिले विश्वका एकपछि अर्को देशले प्रतिक्रिया जनाइरहेका छन्।
शनिबार राति अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकसमा हवाई हमला गर्दै त्यहाँका राष्ट्रपति दम्पतीलाई अपहरण शैलीमा अमेरिका लगेको हो। हाल उनीहरू अमेरिकाको हिरासतमा छन्।
अमेरिकाको यो कदमलाई उत्तर कोरियाले ‘गुन्डागर्दी’ भनेको छ।
उत्तर कोरियाको विदेश मन्त्रालयले भनेको छ, ‘अमेरिकाको यो कारबाही कुनै पनि देशको स्वतन्त्रता र सार्वभौमिकतामाथि सबैभन्दा गम्भीर आक्रमण हो।’
यस्तै चीनले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई तुरुन्त रिहा गर्न माग गरेको छ।
474
Shares

प्रतिक्रिया