बागमती


सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ३ जनाको उपचार हुँदै

सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ३ जनाको उपचार हुँदै

नेपालखबर
पुस २०, २०८२ आइतबार २०:३०, काठमाडौँ

मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।

आइतबार (आज) साँझ ५ः२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटनामा घाइते भएका मम्ये ६ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए।

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो।

मृतकहरुको पहिचान खुल्न बाँकी छ।

सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको डीएसपी बोगटीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad