ग्लोबल


दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुन: पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुन: पक्राउ पुर्जी जारी

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १९:४७, काठमाडौँ

दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ।

अभियोजनकर्ताहरूले नोभेम्बरमा युनविरुद्ध देशको शत्रुलाई सहयोग गरेको धेरै आरोपमा अभियोग लगाएका थिए।

उनले सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन उत्तर कोरियामाथि ड्रोन उडान गर्न आदेश दिएका थिए।

त्यस मुद्दाका लागि पक्राउ पुर्जीको म्याद जनवरी १८ सम्ममा समाप्त हुनुपर्ने थियो तर शुक्रबारको आदेशले यसलाई अधिकतम ६ महिना विस्तार गर्नेछ।

दक्षिण कोरियाको राजधानी सियोलस्थित जिल्ला अदालतका एक अधिकारीले एएफपीसँग भने, 'उनले आफूमाथि लगाइएका मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई मध्यनजर गद पक्राउ पुर्जी जारी गरिएको हो।'

युन महिनौँदेखि हिरासतमा छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाइ भइरहेको छ।

उनले सन् २०२४ डिसेम्बर ३ मा दक्षिण कोरियामा नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए। यसले कोरियाली संसद् परिसरबाहिर र राजधानी सियोलसहित देशका प्रमुख सहरमा ठूलो विरोध प्रदर्शन निम्त्यायो।

उनलाई अप्रिलमा आधिकारिक रूपमा पदबाट हटाइएको थियो। युनलाई गत वर्षको जनवरीमा हिरासतमा लिइएको थियो। उनी दक्षिण कोरियाको इतिहासमा पदमा नै रहेका समय हिरासतमा लिइएको पहिलो बहालवाला राष्ट्रपति बनेका थिए।

उनले गिरफ्तारीको विरोध गरेपछि हप्तौँपछि पक्राउ गरिएको थियो। उनको सैन्य विद्रोहको सुनुवाइ जारी रहँदा उनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर उनले त्यस मुद्दासँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने दाबीसहित जुलाईमा फेरि हिरासतमा लिइएको थियो।

अभियोजनकर्ताहरूले न्यायिक कार्यमा बाधा पुर्‍याएको आरोपमा युनलाई १० वर्षको जेल सजाय पनि माग गरिरहेका छन्।

सियोलको एक अदालतले जनवरी १६ मा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad